
पोखरा, असोज २८ गते । पोखरा-३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको शिक्षक अभिभावक सङ्घको अध्यक्षमा धनबहादुर विश्वकर्मा (डिबी) सर्वसम्मत चयन भएका छन् ।
मङ्गलवार विद्यालयमा सम्पन्न अभिभावक भेलाबाट सङ्घका सदस्यहरूमा गोपाल मुरी मगर, हुमबहादुर थापा, सपना राजबाहक, यशोदा विश्वकर्मा, रामु गुरुङ, बेलबहादुर केसी र सोमबहादुर श्रेष्ठ चयन भएका छन् । सङ्घको शिक्षक प्रतिनिधिमा लक्ष्मी गिरी तथा पदेन सदस्यहरूमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा र प्रधानाध्यापक रुपिन्द्र प्रभावी रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डिबी विश्वकर्माले विद्यालयको हितका लागि आफूले सकेसम्म प्रयास गर्ने प्रतिबद्धता जनाए । विद्यार्थीको सङ्ख्याभन्दा गुणात्मक विकासलाई महत्त्व दिनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ थियो । कार्यक्रममा विद्यालयका शिक्षकहरूका तर्फबाट सहायक प्रधानाध्यापक बालकुमारी थापा, पूर्व विद्यार्थी मञ्चका उपाध्यक्ष तथा सल्लाहकार हेमबहादुर थापा ‘किरण’ ले शुभकामना दिएका थिए । कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावीले सहजीकरण गरेका थिए ।
