Trend
गीतकार प्रतिष्ठानद्वारा नवगठित गण्डकी प्रज्ञा प्रतिष्ठानका पदाधिकारीलाई बधाई र शुभकामना  ||   श्रावण महिनाको सोमबारको विशेष तयारी; ईशानेश्वर महादेव मन्दिरमा।  ||   गण्डकी आदर्शमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण  ||   कास्कीका विद्यालयमा वैज्ञानिक ढङ्गले दरबन्दी मिलान गर्न शिक्षक महासङ्घकै माग  ||   कास्की रुपाको बजेट झन्डै साढे ५५ करोड, युवा रोजगार र किसान लक्षीत।  ||   मर्स्याङ्दी गाउपालिकाको आ.व . २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत।  ||   अन्नपूर्ण गाउपालिकाले आ व ८३/८४ को लागि रु ६५ करोड ५० लाखको ऐतिहासिक बजेट ल्यायो।  ||   मध्यनेपाल नगरपालिकाले आर्थिक बर्ष ८३/८४ नीति तथा कार्यक्रम ल्यायो।  ||  
बिहिबार , असार ३२, २०८३
गीतकार प्रतिष्ठानद्वारा नवगठित गण्डकी प्रज्ञा प्रतिष्ठानका पदाधिकारीलाई बधाई र शुभकामना – Sarangi News

पोखरा, असार ३२ गते । नवगठित गण्डकी प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूलाई गीतकार प्रतिष्ठान, नेपालले बिहिवार बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

प्रज्ञा प्रतिष्ठानको कार्यालयमै पुगेर गीतकार प्रतिष्ठानका पदाधिकारीहरूले बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरे । प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनियाले प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपाने, उपकुलपति शङ्कर विरही गुरुङसहित गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीलगायतका प्राज्ञ सभाका सदस्यहरूलाई खादा लगाएर सम्मान गरेका थिए । खनियाले गण्डकी प्रदेशको वाङ्मयको उत्थानका लागि प्रज्ञा प्रतिष्ठानले थप टेवा दिने विश्वास व्यक्त गरे । उनले गीतकार प्रतिष्ठान सहकार्य गर्न सधैँ तयार रहेको भनाइ राखे ।

नवनियुक्त कुलपति न्यौपानेले गीतकार प्रतिष्ठानसँग मिलेर केही कार्यक्रमहरू सञ्चालन गर्ने जनाउँदै प्रतिष्ठान सबैको साझा भएको बताए । उनले यो कार्यकाल उदाहरणीय बनाउने अभियानमा लाग्ने योजना सुनाउँदै यसको गरिमालाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाए ।

प्रतिष्ठानका सचिव रुपिन्द्र प्रभावीको सहजीकरणमा भएको बधाई तथा शुभकामना कार्यक्रममा उपाध्यक्ष लाल कार्की, सदस्य जमुना बराल र आजीवन सदस्य कमला श्रेष्ठले प्राज्ञहरूलाई बधाई दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP