Trend
जिताकोट साउने सक्रान्ती मेला शुरु, ४० टिमको सहभागीता।  ||   मिस नेपालमा पोखरेली चेली सङ्गीता पौडेल  ||   पूर्वप्रधानाध्यापक भण्डारीद्वारा वेद-वेदाङ्गका विद्यार्थीलाई शैक्षिक सामग्री  ||   गीतकार प्रतिष्ठानद्वारा नवगठित गण्डकी प्रज्ञा प्रतिष्ठानका पदाधिकारीलाई बधाई र शुभकामना  ||   श्रावण महिनाको सोमबारको विशेष तयारी; ईशानेश्वर महादेव मन्दिरमा।  ||   गण्डकी आदर्शमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण  ||   कास्कीका विद्यालयमा वैज्ञानिक ढङ्गले दरबन्दी मिलान गर्न शिक्षक महासङ्घकै माग  ||   कास्की रुपाको बजेट झन्डै साढे ५५ करोड, युवा रोजगार र किसान लक्षीत।  ||  
शनिबार , साउन २, २०८३
मिस नेपालमा पोखरेली चेली सङ्गीता पौडेल – Sarangi News

पोखरा । मिस नेपाल २०२६ मा पोखराबाट सङ्गीता पौडेल सहभागी भएकी छन् ।

मिस नेपाल प्रतियोगितामा प्रतियोगी नम्बर ५ रहेकी पौडेलले पोखराकी छोरीका रूपमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाउने, अन्तर्राष्ट्रिय ताज नेपाल ल्याउने तथा नेपाली महिलाको क्षमता, सौन्दर्य र करुणालाई विश्वसामु चिनाउने आफ्नो लक्ष्य रहेको बताएको छन् ।

मनोविज्ञान विषयमा स्नातक गरेकी सङ्गीता अष्टाङ्ग योग प्रशिक्षक पनि हुन् । उनी सानै उमेरदेखि आफ्नो मेहनत, लगन र उद्देश्यप्रति समर्पित हुँदै आफ्नो पहिचान निर्माण गर्न निरन्तर प्रयास गर्दै आएकी छन् ।

साँचो सुन्दरता केवल बाहिरी रूपमा सीमित नहुने बरु दया, करुणा र समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्य नै वास्तविक सुन्दरता भएको सङ्गीताको भनाइ छ । मानव सेवा, पशु संरक्षण तथा वातावरण संरक्षणप्रति गहिरो रुचि पनि उनी राख्छिन् । साकाहारी जीवनशैली अपनाएकी सङ्गीता हरेक जीवप्रति प्रेम र दयाको व्यवहार हुनुपर्छ भन्ने मान्यता राख्छिन् ।

उनीद्वारा सञ्चालित सामाजिक अभियान 30+: A Second Chapter ले ३० वर्षभन्दा माथिका महिलाहरूलाई आत्मविश्वास पुनःस्थापित गर्न, नयाँ सिप सिक्न तथा आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रेरित र सहयोग गर्ने लक्ष्य राखेको सङ्गीताले बताइन् । सङ्गीतालाई साथ र सहयोग दिएर पोखरेली चेलीलाई नेपाल चिनाउने अभियानमा साथ दिन उनको परिवारले आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP