Trend
श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||  
शनिबार , साउन २३, २०८३
सगरमाथामा अजित उत्सव – Sarangi News

पोखरा । सगरमाथा साहित्य प्रतिष्ठानको नयाँ अध्यक्षमा अजित उत्सव चयन भएका छन् । प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई केन्द्रीय अध्यक्षका रूपमा चयन गरेको हो । संस्थाले तत्कालीन अध्यक्ष जीवित खड्का मगरलाई हटाएर बाँकी कार्यकालका लागि अध्यक्षका रूपमा कवि उत्सवलाई सर्वसम्मतिले सो जिम्मेवारी सुम्पेको हो ।

शनिबार राति भएको जुम बैठकमा संस्थाका केन्द्रीय पदाधिकारीहरू, विभागीय प्रमुखहरू र पदाधिकारीहरू, नेपाल शाखाका अध्यक्ष, प्रदेश अध्यक्षहरू, संस्थाका केन्द्रीय संरक्षकहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानको नेतृत्वमा आएका अजित उत्सव यसअघि सो संस्थाको वरिष्ठ उपाध्यक्ष थिए । बैठक उनकै अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिष्ठानको केन्द्रीय कार्यालय मध्यपूर्वको युएईमा रहेको छ । यो संस्थाले हरेक वर्ष साहित्यका विविध विधामा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र पुस्तक प्रकाशनसमेत गर्दै आएको छ । नेपाललगायतका देशमा यसका शाखा रहेका छन् ।

सगरमाथा साहित्य प्रतिष्ठानमा सन् २०१७ देखि आबद्ध अजित उत्सव केन्द्रीय कार्यसमितिको सदस्य, सचिव, बरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि प्रतिष्ठानले आयोजना गरेको विश्वव्यापी नेपाली कविता प्रतियोगिताको सह-संयोजक/सञ्चार विभाग प्रमुखसमेत रहिसकेका छन् । उनी प्रतिष्ठानको नेपाल इन्चार्जसमेत हुन् ।

स्याङ्जा जिल्लामा जन्मेहुर्केका कवि उत्सवको हालको ठेगाना पोखरा हो । उनी बिगत एक दशकभन्दा बढी समयदेखि युएईमा कार्यरत छन् । हाल उनी आबुधाबीमा सुपरभाइजरका रूपमा कार्यरत छन् । उनको हालै “आकाशगङ्गाको किनार” नामक कवितासङ्ग्रह बजारमा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP