शनिबार , साउन १२, २०८१
सगरमाथामा अजित उत्सव – Sarangi News

पोखरा । सगरमाथा साहित्य प्रतिष्ठानको नयाँ अध्यक्षमा अजित उत्सव चयन भएका छन् । प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई केन्द्रीय अध्यक्षका रूपमा चयन गरेको हो । संस्थाले तत्कालीन अध्यक्ष जीवित खड्का मगरलाई हटाएर बाँकी कार्यकालका लागि अध्यक्षका रूपमा कवि उत्सवलाई सर्वसम्मतिले सो जिम्मेवारी सुम्पेको हो ।

शनिबार राति भएको जुम बैठकमा संस्थाका केन्द्रीय पदाधिकारीहरू, विभागीय प्रमुखहरू र पदाधिकारीहरू, नेपाल शाखाका अध्यक्ष, प्रदेश अध्यक्षहरू, संस्थाका केन्द्रीय संरक्षकहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानको नेतृत्वमा आएका अजित उत्सव यसअघि सो संस्थाको वरिष्ठ उपाध्यक्ष थिए । बैठक उनकै अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिष्ठानको केन्द्रीय कार्यालय मध्यपूर्वको युएईमा रहेको छ । यो संस्थाले हरेक वर्ष साहित्यका विविध विधामा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र पुस्तक प्रकाशनसमेत गर्दै आएको छ । नेपाललगायतका देशमा यसका शाखा रहेका छन् ।

सगरमाथा साहित्य प्रतिष्ठानमा सन् २०१७ देखि आबद्ध अजित उत्सव केन्द्रीय कार्यसमितिको सदस्य, सचिव, बरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि प्रतिष्ठानले आयोजना गरेको विश्वव्यापी नेपाली कविता प्रतियोगिताको सह-संयोजक/सञ्चार विभाग प्रमुखसमेत रहिसकेका छन् । उनी प्रतिष्ठानको नेपाल इन्चार्जसमेत हुन् ।

स्याङ्जा जिल्लामा जन्मेहुर्केका कवि उत्सवको हालको ठेगाना पोखरा हो । उनी बिगत एक दशकभन्दा बढी समयदेखि युएईमा कार्यरत छन् । हाल उनी आबुधाबीमा सुपरभाइजरका रूपमा कार्यरत छन् । उनको हालै “आकाशगङ्गाको किनार” नामक कवितासङ्ग्रह बजारमा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

लमजुङमा पहिरोको वितण्डा : एकको मृत्यु, दुईजना घाइते, ४ बेपत्ता

भोर्लेटारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।


TOP