भोर्लेटार(लमजुङ) लमजुङको भोर्लेटारमा पहिलोपटक ‘मध्यनेपाल रैथाने हाट बजार’ सुरु भएको छ । मध्यनेपाल नगरपालिका वडा नेपाल -६ ,भोर्लेटारमा वडा कार्यलयको प्राङ्गणमा नगर प्रमुख रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यमा वडा नम्बर ६ को वडा अध्यक्ष विष्णु भक्त पौडेलको संयोजकत्वमा आज मंगलबार बिहानदेखि ‘मध्यनेपाल रैथाने हाट बजार’ औपचारिक रुपमा सुरु भएको हो ।
नगर प्रमुख पाण्डे ज्युले ब्यानर पढेर औपचारिक रुपमा उद्घाटन भएको हाटबजार कार्यक्रममा किसानहरुको घरबारीमा उत्पादन भएका सबै यहाँ ल्याएर बिक्री गरी आम्दानी लिन पाउने र प्रत्यक्ष किसानसंग उपभोक्तालाई जोड्न जोडाउने व्यवस्था गर्न हाट बजार सञ्चालनमा ल्याएको नगर प्रमुख नगर पाण्डेले बताए । त्यस्तै गरेर हाटबजार उद्घाटन कार्यक्रममा नगरपालिकाको नगर उप-प्रमुख सीता गुरुङ, प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, लमजुङ जिल्ला कृषि प्रसार अधिकृत सरोज थापा, नगर प्रवक्ता राम चन्द्र भण्डारी लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

२३ वटा स्टलहरु रहेको हाटबजारको पहिलो दिनमै किसानहरु र उपभोक्ताहरुको उल्लेख्य भीड लागेको थियो । आफ्नै उत्पादनको राम्रो मूल्य पाउने र उपभोक्ताहरुले ताजा कृषि उपज सस्तोमा पाउने भएपछि हाट बजारप्रति स्थानीयको आकर्षण बढेको छ । हाट बजारमा सस्तो, ताजा, गुणस्तर र कम मूल्यमा सामान किन्न पाउने गरी सञ्चालनमा ल्याएको हाट बजारबाट उपभोक्ता र कृषक दुवैका लागि फाइदा पुग्ने अपेक्षा गरिएको छ । हाट बजारले ग्रामीण र सहरी बासिन्दाहरूबीचको सम्बन्ध जोड्न र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास लिइएको लमजुङ जिल्ला कृषि शाखा अधिकृत सरोज थापाले बताए।
हाटबजार उद्घाटन कार्यक्रमका संयोजक पौडेलले स्थानीय स्तरमा भोर्लेटार बजारको लागि यस हाटबजार अपरिहार्य रहेको बताए किन भने यहाँ बालबालिकाको पठनपाठनका निम्ति बसेका जसले खेतीकिसानी गर्न पाउने जमिन नहुँदा बजारको महंगो तरकारी किन्न पर्ने अवस्था रहेको थियो भने यस हातबजारले अब भने केही राहत दिएको बताए! साथै नगरप्रमुख पान्डे ज्युको भनाई अनुसार नै यो हाटबजारलाई थप व्यवस्थित बनाउदै हप्तामा एक दिन सन्चालन हुने र सबै उत्पादन कर्ता किसानलाइ आफ्ना उत्पादित बजरमा ल्याउन अनुरोध गर्नु भएको थियो।











