Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
शनिबार , भाद्र २७, २०८३
कञ्चनजङ्घामा अङ्ग्रेजी हिज्जे – Sarangi News

पोखरा । पोखराको फूलबारीमा सञ्चालित कञ्चनजङ्घा इङ्लिस बोर्डिङ स्कुलमा मङ्गलबार वार्षिक कार्यतालिकाअनुसार आधारभूत तह स्तरीय अन्तरसदनात्मक अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पहेँलो सदनका जोस्ना गुरुङ, सुशील वि.क.,रुपेश यादव र रेक्सन गुरुङको समूह प्रथम र हरियो सदनका सम्रता गुरुङ, एरिका गुरुङ, सदिक्षा दाहाल र विराज गुरुङको समूह द्वितीय भएका थिए । हिज्जे मास्टरमा अङ्ग्रेजी विषय विभागीय प्रमुख अमृत जिसी र शिक्षिका खेमकुमारी थापा थिए । समय पालक शिक्षक लक्ष्मण बास्तोला र स्कोररमा शिक्षक सुरेन्द्र सदिच्छा रहेका थिए ।

प्रमुख अतिथि तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदेवी गुरुङले यस्ता खालका कार्यक्रमले विद्यार्थीमा अङ्ग्रेजी भाषाको शुद्धीकरणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP