Trend
श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||  
मंगलबार , साउन १९, २०८३
प्रविधिमैत्री शिक्षक समाजद्वारा शिक्षकलाई प्रविधिसम्बन्धी अभिमुखीकरण – Sarangi News

पोखरा । प्रविधिमैत्री शिक्षक समाज, कास्कीले बिहिबार शिक्षण सिकाइमा प्रविधिको प्रयोगसम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ ।

शिक्षण सिकाइमा मोबाइल एप्लिकेसनको प्रयोगसम्बन्धी अभिमुखीकरण प्रविधिमैत्री शिक्षक समाज, नेपालका केन्द्रीय अध्यक्ष भूपति बश्यालले र लेटर ग्रेडिङमा आधारित मूल्याङ्क पद्धतिसम्बन्धी अभिमुखीकरण प्रशिस, कास्कीका सदस्य रुपिन्द्र प्रभावीले गरेका थिए । राइट फर चिल्ड्रेनको सहआयोजना र शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीको समन्वयमा भएको कार्यक्रममा कास्की र वरिपरिका शिक्षकहरूको सहभागिता रहेको थियो ।

प्रशिस, कास्कीकी अध्यक्ष सकुन्तला सोतीको अध्यक्षतामा भएको उद्‍घाटन सत्रका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षकलाई प्रविधिको महत्त्वमाथि प्रकाश पार्दै दौडिन चाहने अहिलेका विद्यार्थीसँगै हिँड्न पनि नसक्ने शिक्षक अब टिक्न नसक्ने बताए । समयको मागलाई सम्बोधन गर्दै सिकाइ गर्नुपर्नेमा जोड दिँदै उनले सिक्नका लागि सबै तयार हुनुपर्ने धारणा राखे ।

प्रशिसका केन्द्रीय अध्यक्ष भूपति बश्यालले प्रविधिमैत्री शिक्षक समाजको अभियान सबै शिक्षकहरूलाई प्रविधिमैत्री बनाउने रहेको भन्दै यसमा सम्बन्धित निकायको सहयोग अपरिहार्य रहेको बताए । कार्यक्रममा केन्द्रीय महासचिव देवीप्रसाद शर्मा, गण्डकी प्रदेशका अध्यक्ष श्रीकान्त पौडेल, नेपाल टेलिकम, गण्डकी प्रदेश बजार शाखाका प्रमुख महेन्द्र रिमाल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कास्कीका अध्यक्ष रोमहर्षण पौडेल, राइट फर चिल्ड्रेनका विष्णुप्रसाद अधिकारीलगायतले शुभकामना दिएका थिए ।

प्रशिस, कास्कीका सचिव भीम सुवेदीको सञ्चालन तथा सदस्य बृहस्पति लम्सालको स्वागतमा भएको कार्यक्रममा सहभागीहरूका तर्फबाट रमेश भट्टराई र इन्दिरा सापकोटाले प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP