मंगलबार , कार्तिक १२, २०८२
प्रथम वसन्त स्‍मृति कपको उपाधी करापुटार भेटरान्सलाई। – Sarangi News

लमजुङ। प्रथम वसन्त स्‍मृति भेटरान्स फूटबल कप (३३+) २०८१ को उपाधी करापुटार भेटरान्सले हात पार्न सफल भएको छ। रानीपानिको ग्रीन भ्याली क्लबद्वारा आयोजित भेटरान्स खेल जेष्ठ ६ गते देखी शुरु भएर आज बुद्द पुर्णिमाको अवसर पारेर समापन गरिएको थियो।

८ टिमको सहभागीता रहेको खेलहरुको फाइनलमा भोर्लेटार भेटरान्स र करापुटार भेटरान्स पुगेको थियो। करापुटार भेटरान्सले १ गोलका बिरुद्द ४ गोलले पराजित गर्दै करापुटार भेटरान्स रामबजार प्रथम हुन सफल भएको हो भने भोर्लेटार भेटरान्स उपबिजेता बन्न सफल भएको थियो। बिजेता टिम करापुटार क्लबले रु ५०००० रुपैया ट्रफी मेडल र प्रमाण पत्र हात पार्न सफल भए। उपबिजेता भोर्लेटार भेटरान्सले रु ३०००० रुपैया ट्रफी मेडल र प्रमाण पत्र हात पार्न सफल बनेका थिए।

त्यस्तै गरेर सर्वाधिक गोलकर्ता करापुटार भेटरान्सको सुविन श्रेष्ठ र नितेश श्रेष्ठले ४/४ गोल गरेका थिए। दुबै जना गोलकर्तालाई ट्रफी र नगद २/२ हजार प्राप्त गरेका थिए। त्यस्तै गरेर म्यान अफ द् म्याच करापुटार भेट्रान्सका कन्या गुरुङले प्राप्त गरेको थियो भने उत्कृष्ट खेलाडिमा भोर्लेटार भेटरान्सका सन्तोष गुरुङले प्राप्त गर्न सफल भए। साथै नगद रु २००० र ट्रफी प्राप्त गरेका थिए। अनुशासित टिम सिटिजन लाईफ ईन्श्योरेन्स बेशिसहरले ट्रफी प्राप्त गर्न सफल बनेका थिए।नगर उप प्रमुख सिता गुरुङको प्रमुख आतिथ्यमा गरिएको समापन कार्यक्रममा बुजेता तथा उप बिजेता दुवै टिमलाई प्रमुख अतिथी गुरुङले ट्रफी मेडल र प्रमाण पत्र प्रदान गर्दै शुभकामना दिनु भएको थियो। ग्रीन भ्याली क्लबले अत्यन्तै सौहार्द पूर्ण बातावरणमा खेल समापन गर्न सफल भएकोमा आयोजक टिम ग्रीन भ्याली क्लबलाई बिशेष धन्यवाद एवम बधाई समेत दिनु भएको थियो।

उत्कृष्ट खेलाडी स्व: वसन्त पराजुलीको स्‍मृतिमा राखिएको भेटरान्स खेल संगै बिभिन्न साँस्कृतिक कार्यक्रमहरु गरिएको थियो। हामीले बिर्सनै नहुने एक होनाहार खेलाडी स्वर्गिय वसन्तको सम्झनामा हाल अहिलेलाई स्‍मृति कप खेलाउन सकियो आगामी दिनहरुमा थप केही योजनाहरु पनि रहेको क्लबका अध्यक्ष जीवन भुजेल र खेल संयोजक राम थापा मगरले बताउनु भएको थियो। आगामी दिनहरुमा कमिकमजोरिलाई सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्दता समेत क्लबका अध्यक्ष भुजेलले बताए।

त्यस्तै गरेर देश तथा बिदेशमा रहेका खेल प्रेमि दर्शकहरुलाई मध्य नजर गर्दै सम्पूर्ण खेल अवधी भर लमजुङ स्पोर्टस डट कमले प्रत्यक्ष प्रसारण गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भोर्लेटारको हरितालिका तिज फूटबल उपाधी बौद्द शान्ती क्लब पोखराको पोल्टामा।

प्रथम ९ ए साईड फूटबल प्रतियोगिता फाईनल भोलि, ग्रीन भ्याली क्लब र बौद्द शान्ति क्लब रामघाट बीच भिडन्त।

आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।

भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।

किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने

रेडक्रसको वक्‍तृत्वकलामा ओख्लेडाँडाका बराल प्रथम


TOP