Trend
श्रावण महिनाको सोमबारको विशेष तयारी; ईशानेश्वर महादेव मन्दिरमा।  ||   गण्डकी आदर्शमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण  ||   कास्कीका विद्यालयमा वैज्ञानिक ढङ्गले दरबन्दी मिलान गर्न शिक्षक महासङ्घकै माग  ||   कास्की रुपाको बजेट झन्डै साढे ५५ करोड, युवा रोजगार र किसान लक्षीत।  ||   मर्स्याङ्दी गाउपालिकाको आ.व . २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत।  ||   अन्नपूर्ण गाउपालिकाले आ व ८३/८४ को लागि रु ६५ करोड ५० लाखको ऐतिहासिक बजेट ल्यायो।  ||   मध्यनेपाल नगरपालिकाले आर्थिक बर्ष ८३/८४ नीति तथा कार्यक्रम ल्यायो।  ||   रास्वपाले ल्यायो स्थानिय तह बचाउन पोख्रेल।  ||  
बिहिबार , असार ३२, २०८३
फिनिक्स र इस्लामिक किङ्कर्स माछापुच्छ्रे क्रिकेटको अर्को चरणमा – Sarangi News

पोखरा, असोज १९ गते । माछापुच्छ्रे क्रिकेट क्लबको आयोजनामा लेखनाथमा जारी माछापुच्छ्रे क्रिकेट लिगअन्तर्गत शनिबारको खेलमा पोखरा फिनिक्स र इस्लामिक कङ्कर्स विजयी भएका छन् । पोखरा फिनिक्सले आर.के. भिक्टोरियनलाई ६ विकेटले तथा इस्लामिक कङ्कर्सले कुस्मा वारियर्सलाई २ विकेटले पराजित गरेको हो ।

शनिबारको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको आर.के. भिक्टोरियनले ८ विकेटको क्षतिमा ९४ रनको योगफल तयार पारेको थियो । उसका लागि निजामुदिन शेखले १९ बलमा अविजित २५ रन हाने । सफल श्रेष्ठले २८ बलमा २४ रन जोडे । पोखरा फिनिक्सका बलर सिब्रिन श्रेष्ठ र सुदर्शन कुँवर दुवै जनाले २/२ विकेट लिए ।

जितका लागि ९५ रन पछ्याएको इस्लामिकले ८.४ ओभरमा ४ विकेट गुमाउँदै विजय प्राप्त गर्यो । इस्लामिकको तर्फबाट प्लेयर अफ द म्याच मनोज कोइरालाले बिस्फोटक ब्याटिङ गर्दै १७ बलमा ४६ रन हाने । उनले २ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यस्तै विनोद नेपालीले १२ बलमा अविजित १७ रन, सिब्रिन श्रेष्ठले १२ बलमा १६ रन तथा अमृत लामिछानेले ५ बलमा १४ रन जोडे । भिक्टोरियनका बलर एलिक श्रेष्ठले २ विकेट लिए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको कुस्मा वारियर्सले १६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८० रन जोडेको थियो । कुस्माका लागि धिरज अधिकारीले १६ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो आँकडाको योगफल तयार पार्न सकेनन् । उसले ३६ अतिरिक्त रन पाएको थियो । इस्लामिकका बलर रोशन कंडेल र पुस्कर पौडेलले ३÷३ विकेट लिए ।

जितका लागि ८१ रनको लक्ष्य पाएको इस्लामिकले १६.२ ओभरमा ८ विकेट गुमाएर जित हासिल गर्यो । इस्लामिकका लागि प्लेयर अफ म्याच रोशन कँडेलले अविजित २९ तथा विजय विकले अविजित १९ रनको योगदान दिए । कुस्मा वारियरका समिर भुजेल र विकास क्षेत्रीले ३÷३ विकेट लिए । खेलाडीहरुले देशमा हालै आएको बाढी पहिरोबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै १ मिनेट मौन धारणा गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP