गुम्दै गएको शिक्षकको गरिमाः कसरी उकास्ने ? – Sarangi News

प्रकाश अधिकारी

प्रारम्भः
शिक्षण पेसा ज्ञान हस्तान्तरण, सीप विकास र चरित्र निर्माण गर्ने गरिमामय र जिम्मेवार पेसा हो। शिक्षकहरू केवल ज्ञान बाँड्ने पात्र मात्र होइनन् । विद्यार्थीहरूको जीवनमा प्रेरणा र उज्यालो दिने पात्र हुन् । समाजका मार्गदर्शक हुन् । निर्माता हुन् । उनीहरु नयाँ पुस्तालाई शिक्षित, दक्ष,सशक्त, र जिम्मेवार नागरिक बनाउने रोलमोडल हन् । शिक्षण पेसा कुनै सामान्य जागिर मात्र होइन, यो भविष्य निर्माण गर्ने जिम्मेवारी हो। । यो पेसा व्यक्तिगत, सामाजिक, र राष्ट्रिय विकासका लागि आधारस्तम्भ हो । तथापि, नेपालमा शिक्षकको गरिमा विगत केही दशकदेखि लगातार गुम्दै गएको छ । नेपाल मात्र होइन, विश्वभर शिक्षकको गरिमा गुम्दै गएको तथ्य विभिन्न अनुसन्धानहरूले देखाएका छन् । वल्र्ड इकोनोमिक फोरमको रिपोर्ट २०१८ ले शिक्षकहरूको तलब, कार्यस्थितिमा सुधारको कमी, र समाजमा उनीहरूको सामाजिक प्रतिष्ठामा गिरावट आएको संकेत गरेको छ । त्यस्तै युनेस्कोको ुग्लोबल एजुकेशन मोनिटरिङ्ग रिपोट २०१७।१८ सार्वजनिक गर्यो । यस रिपोर्टमा शिक्षकहरूको पेशागत स्थिति, तालीम, र समाजमा उनीहरूको भूमिकाको बारेमा चर्चा गरिएको छ । केही क्षेत्रमा शिक्षकहरूको गरिमा घट्दै गएको उल्लेख छ । यसरी हेर्दा शिक्षकको गरिमा र्फकाउन कसले के गर्ने कसरी गर्ने बारे गहन अनुसन्धान जरुरी छ । यस सन्दर्भमा विद्यालयमा पढ्ने बालबालिका, शिक्षक, अभिभावक र सरकार जिम्मेवार छन् । विगतदेखि नै शिक्षण पेशाप्रतिको राज्यको विभेदपूर्ण, समाजको उपेक्षापूर्ण दृष्टिकोण, स्थानिय निकाय र व्यवस्थापनको हैकम, शिक्षकको क्षमता र योगदानको अवमूूल्यन, वित्तीय असमानता, शिक्षाको व्यवसायीकरण, कार्यभारको अत्यधिक वृद्धि, व्यक्तिगत रुचि र राजनीतिक स्वार्थका आधारमा निर्णय गर्ने तथा कतिपय कामचोर (झोले) शिक्षकहरूको कारण यो पेसाले आफ्नो गरिमा गुमाउँदै गएको छ । यस लेखमा शिक्षक स्वयम्ले आफ्नो गरिमा गुमाउनुका प्रमुख कारणहरू र तिनको समाधानका उपायहरूमाथि एउटा शिक्षकको सामान्य अवधारणा मात्रै प्रस्तुत गरिएको छ ।

शिक्षकको आफ्नो गरिमा कसरी घटाए ?

  •  तालिम,प्रशिक्षण र अद्यावधिक ज्ञानको कमी : कतिपय शिक्षकले आफ्नो ज्ञान र शिक्षण विधिलाई अद्यावधिक गर्न नसक्दा गुणस्तर शिक्षामा कमी आउने, प्राचिन शिक्षण विधि अपनाउँदा ज्ञान र क्षमतामा प्रश्न उठ्नु।
  •  पेसागत अनुशासनको अभाव : शिक्षकको व्यक्तिगत आचरणमा कमी हुँदा समाजमा नकारात्मक प्रभाव बढ्यो, कतिपय शिक्षकले जिम्मेवारीपूर्ण व्यवहार नगर्दा पेसागत मर्यादा घट्यो ।
  • पढाइलाई प्राथमिकता नदिने र विद्यार्थीप्रति अव्यवसायिक व्यवहार : शिक्षणलाई केवल नोकरीको रूपमा हेर्ने प्रवृत्तिले समाजमा नकारात्मक सन्देश प्रवाह भयो । उचित मार्गदर्शनको अभावले विद्यार्थीहरू र समाजमा शिक्षकप्रतिको सम्मान घटायो ।
  • कमजोर सामाजिक सम्बन्ध :  विद्यार्थी र अभिभावकसँग शिक्षकको सम्बन्ध कमजोर हुुँदा, असन्तुष्ट विद्यार्थी र अभिभावकले शिक्षकप्रतिको धारणा कमजोर बनायो ।
  • कामचोर शिक्षक र राजनीति : कतिपय शिक्षकको गैरजिम्मेवार व्यवहार र कमजोर कार्यक्षमताले शिक्षण पेसाको गरिमा घटाएको छ । कार्यक्षमता भन्दा स्थानिय निकाय र व्यवस्थापनको पछि लग्गु बन्नुु, यस्तो व्यवहारले विद्यार्थी र अभिभावकमा शिक्षकप्रति नकारात्मक धारणा बनायो ।
  • कार्यभारको वृद्धि र समय व्यवस्थापनमा कमजोरी : अतिरिक्त प्रशासनिक काम, ठुुलो संख्यामा विद्यार्थीहरूको व्यवस्थापन र पाँचै कार्यघण्टा अध्यापन र शिक्षण कार्यलाई प्राथमिकता नदिँदा शैक्षिक उपलब्धिमा असर पर्यो आदि ।

शिक्षण पेशा कुनै सामान्य जागिर मात्र होइन, यो भविष्य निर्माण गर्ने जिम्मेवारी हो। तर, कतिपय कामचोर शिक्षकहरूकोे गैरजिम्मेवार व्यवहार र कमजोर कार्यक्षमताले शिक्षण पेसाको गरिमा घटाएको छ । सबै पेसाको पेसा कमसम्मानको पेसा बनाएको अन्तिम सत्य हो । जसको कारण विद्यार्थी र अभिभावकमा शिक्षकप्रति नकारात्मक धारणा बनाएको छ। अहिलेको आवश्यकता भनेको शिक्षकप्रतिको नकरात्मक दृष्टिकोणलाई बदल्नु र यो पेसालाई पुनः सम्मानजनक र आकर्षक बनाउनु हो ।

शिक्षकको गरिमा कसरी फर्काउने ?

  •  तालिम र ज्ञान अभिवृद्धिमा संलग्न हुने : समय–समयमा तालिम र कार्यशालामा सहभागी भई नयाँ ज्ञान र सीप हासिल गर्ने, शिक्षणमा आधुनिक विधि र प्रविधिको प्रयोग गर्ने सिकाउन नियमित तालिमहरूमा सहभागी हुने, व्यक्तिगत तथा संस्थागत पहल गर्ने । यसले शिक्षकको दक्षता र आत्मविश्वास बढाउने छ ।
  •  पेसागत सदाचार र उदाहरणीय व्यवहार देखाउने : शिक्षकहरूको भूमिका केवल पाठ्यक्रमको ज्ञान दिनु मात्रै होइन, विद्यार्थीलाई जीवनका कठिनाइहरूको सामना गर्न पनि तयार पार्नु हो । शिक्षण पेसाको मर्यादा कायम राख्न पेसागत आचारसंहिताको पालनामा प्रतिबद्धता हुने, विद्यार्थी र समाजका लागि प्रेरणादायी भूमिका निर्वाह गर्नुपर्छ।
  • शिक्षण विधिमा सुधार, विद्यार्थीको समग्र विकासमा ध्यान दिने : शिक्षा केवल जानकारी प्रदान गर्ने स्रोत नभइ, सोच्ने र समस्याको समाधान गर्ने क्षमता विकास गराउने माध्यम हो । केवल शैक्षिक ज्ञानमात्र होइन, विद्यार्थीको नैतिक, सामाजिक, सांस्कृतिक, मानसिक तथा संबेगात्मक विकासमा पनि ध्यान दिनुपर्छ ।
  • समाजसँग सुमधुर सम्बन्ध स्थापित गर्न :अभिभावक, विद्यालय व्यवस्थापन, र स्थानीय समुदायसँग सहकार्य गरी गुणस्तरीय शिक्षाको लागि भूमिका खेल्ने ।
  • सकारात्मक सोच र दृष्टिकोण कायम राख्न : शिक्षण पेसालाई सेवाको रूपमा हेरी प्रेरणा र उत्साहसहित भूमिका निर्वाह गर्नुपर्छ। व्यक्तिगत आचरण र सीपले विद्यार्थीहरूलाई जीवनका लागि सक्षम बनाउन प्रयास गर्नुपर्र्छ ।
  • कार्यभार कम गर्नु र पुरस्कार र प्रोत्साहन: शिक्षकहरूले शिक्षणबाहेक अन्य जिम्मेवारी नदिनु र शिक्षणमै केन्द्रित गराउनु पर्छ । उत्कृष्ट नतिजा दिने योग्य र क्षमतावान शिक्षकलाई पुरस्कार, सम्मान, र प्रोत्साहन दिने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
  • राजनीतिक हस्तक्षेपको अन्त्य र शिक्षकको स्वतन्त्रता सुनिश्चित: स्थानिय निकाय, विद्यालय व्यवस्थापन समिति र प्रअको समेत अनुचित हस्तक्षेपलाई रोक्ने र शिक्षकहरूलाई स्वतन्त्र र निष्पक्ष वातावरणमा काम गर्न दिने नीति लागू गर्न पहल गर्नुपर्छ । शिक्षक राजनीतिक पाटीको कार्यकता जस्तो भएर काम गर्नुहुुन्दैन । प्रवक्ता बन्नुहुन्दैन् ।
  • सुविधामा वृद्धिः शिक्षकहरूलाई शिक्षणबाहेक थप जिम्मेवारी दिए थप सुविधा दिने गर्नुपर्छ ।
  • शिक्षकको भूमिका र महत्वलाई जोड दिने अभियान : समाजमा शिक्षकको भूमिकाको महत्वबारे सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । जसले विद्यार्थी र अभिभावकहरूलाई शिक्षकहरूप्रति सम्मानजनक व्यवहार गर्न प्रेरित गर्नुपर्छ ।

शिक्षकको गरिमा समाजको शिक्षाप्रति रहेको दृष्टिकोणसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । शिक्षकहरूको समस्या समाधान गर्न नीतिगत सुधार र समाजको सोचमा परिवर्तन ल्याउन आवश्यक छ ।

अन्त्यमा,
शिक्षण पेसा एक अत्यन्त सम्मानित र महत्वपूर्ण पेसा हो, जसले समाजको समग्र विकासमा योगदान दिने गर्दछ । शिक्षकहरू आफ्नो ज्ञान र अनुभवमार्फत भविष्यका नागरिकहरूको निर्माण गर्छन् । यस पेसाले विद्यार्थीसँग संवाद गर्न, तिनीहरूको क्षमता र सोचमा सुधार ल्याउन र समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले शिक्षकका हातमा समाजको भविष्य हुन्छ भनिएको होला । अतः शिक्षण पेसालाई सम्मानित बनाउन शिक्षकले महत्वपूर्ण भूमिका खेल्नुुपर्ने कुरामा कुनै दुुईमत रहेन । शिक्षक केवल पाठ पढाउने व्यक्ति होइन, उनीहरू समाजका रचनाकार, विचारक र नेतृत्वकर्ता पनि हुन्छन् । के हामी त्यो बाटोमा छौँ ? हामीले केवल पुस्तकको पन्ना खोली रहेका त छै नौ ? विद्यार्थीको हृदयमा विचार र आकांक्षाका बीउ पनि रोपेका छौँ कि शिक्षक र शिक्षण पेसाप्रति हेयभाव ? शिक्षण पेसालाई मर्यादित र सम्मानित बनाउन हामीले आफ्नो पेसागत उच्च नैतिक मूल्य र नेतृत्व क्षमता प्रदर्शन गरेका छौँ ? कि कसैको पछिलग्गु भएर विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गरिरहेका छौँ ? अब हामी शिक्षकहरुमा आत्मसुधार र निरन्तर सिकाइ हुनुपर्छ । जापान र फिनल्याडको जस्तो शिक्षकलाई अनुकरणीय आदर्शका रूपमा हेर्ने समाज र संस्कृती निमार्ण गर्न, गिरेको गरिमा र सामाजिक प्रतिष्ठा उढाउन शिक्षक स्वयम्ले आफ्नो पेशागत इमानदारी र नैतिकता कायम राख्नुपर्दछ । विद्यार्थसँग इमानदारी र आदर्श व्यवहार राखेर तिनीहरूको जीवनमा सही मार्गदर्शन गर्नु पर्छ । तब पो शिक्षकलाई आदर्श व्यक्तित्व बनाउँछ र शिक्षण पेसालाई उच्च सम्मानित, प्रतिष्ठित, आकर्षित व्यवस्थित र उत्तरादयी बनाउँछ ।

अस्तुु ।

(लेखक तथा पत्रकार अधिकारी सामुदायक विद्यालयका सामाजिक शिक्षक समेत हुन्)
ईमेलः [email protected]

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २९, २०८१ शनिबार 130 Views

र्‍यान्डममा बुद्ध दर्शनको चर्चा

ताजा अपडेट
धेरै पढिएको

TOP