Trend
झरिमा पनि ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति, २ लाख ४ हजार ७ सय ८६ दान उठ्यो।  ||   साउन महिनाको दोस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचरहरु )  ||   जिताकोटको साउने सक्रान्ती मेलाको फूटबल रनिङ्ग शिल्ड करापुटारको पोल्टामा।  ||   लघुकथा प्रतिष्ठानको हीरक शृङ्खला सम्पन्न, पुरस्कार स्थापनाका लागि अभियान सञ्चालन  ||   संरक्षणको पर्खाईमा ऐतिहासिक “ढुङ्गा”  ||   जटेश्वर अर्थात बुढा महादेव मन्दिरमा बाजागाजाका साथ सामुहिक पुजा आराधना।  ||   ईशानेश्वर महादेव मन्दिरमा पाँच हजार बढीले दर्शन गरे एक लाख सतसठ्ठी हजार दान संकलन।  ||   साउनको पहिलो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरु (फोटोफिचर)  ||  
बुधबार , साउन १५, २०८२
मध्यनेपाल नगरपलिकाको बिद्यालयहरुमा सडक नाटक। – Sarangi News

मध्यनेपाल(लमजुङ): मध्यनेपाल नगरपलिकाको आयोजनामा धुम्रपान मध्यपान र लागुपदार्थ दुर्व्यसन विरुद्द सचेतना सडक नाटक राष्ट्रीय स्तरका कलाकारहरुबाट भएको छ। मध्यनेपाल नगरपालिका सम्पुर्ण बिध्यालयमा हुने गरेर सन्चालन गरिएको सडक नाटक आज बालज्योती माबी गाउँ बाङ्ग्रे, ईशानेस्वर मावी भोर्लेटार र कल्याण मावि बेशी बाङ्ग्रेमा भएको हो।

कलाकारहरु बिष्णु गैरे, शुशिला निरौला”बिम्ली”, शुरेश असिम, राजु श्रेष्ठ, रोहानी लामा, बिष्णु प्रसाद बस्याल द्वारा अभिनित नाटकले धुम्रमान मध्यपान जस्ता दुर्व्यसनिमा फस्न नहुने, फसेमा केके हुन्छ र त्यसको रोकथाम गर्न के के गर्न पर्दछ हरेक कुरालाई कलाकारहरुले सरल सभ्य भाषा शैली र अभिनयमा प्रस्तुत गरेका थिए।

हामिले रिपोर्टको दौरान बालज्योती मावी गाउँ बाङ्ग्रे पुगेका थियौ त्यहाँका बिद्यार्थीहरुले अत्यन्तै ध्यान पुर्वक हेरेका थिए जुन नाटकको अभिनयले बिद्यार्थीको ध्यान एकाग्र बनाएको देखिन्थो। उपस्थित अभिभावकहरुले पनि उत्साहित हुँदै हेरेका थिए लगभग एक घण्टाको नाटक कति छिटो सकियो भन्ने सुन्नमा समेत पाईएको थियो।

त्यस्तै बिद्यालय ब्यवस्थान समितिका अध्यक्ष बिन बहादुर कुवँरले यस्ता खाले सचेतना कार्यक्रमले बिद्यार्थी लगायत अभिभावकलाई प्रत्यक्ष सकारत्मक सन्देश दिने बताए। मध्यनेपाल नगरपालिकालाई धन्यवाद दिदै यस्ता कार्यक्रम तथा नाटकहरु अन्य बिधाका समेत आउन सकोस भनेर समेत बताउनु भएको थियो।

त्यस्तै गरेर बालज्योती मावि गाउँ बाङ्ग्रेका प्रधानाध्यापक सुमन ढकाल ज्युले मध्यनेपाल नगरपालिकालाई बिशेष धन्यवाद दिदै हामी शिक्षकले पढाउने किताबको पाठ्यक्रमलाई सर्लक्कै अभिनयमा उतारेर बिद्यार्थीको ध्यान केन्द्रीत गरेर एक प्रकारको प्रत्यक्ष शिक्षालाई अर्थात यी सडक नाटक अभिनय गरेर दिइएको प्रत्यक्ष शिक्षाको नाटकलाई साथै कलाकारहरुको सम्मान गर्न चाहान्छु भन्नू भएको थियो किन भने हामिले कक्षा कोठामा राखेर रटाएर पढाउदा भन्दा यसरी छिटो छरितो र सहज तरिकाले विद्यार्थिले सिक्ने जिकिर गर्नु भयो। प्रअ ढकालले मध्यनेपाल नगरपालिकालाई विशेष धन्यवाद दिदै आगामी दिनहरुमा पक्कै पनि अन्य बिषयहरुमा पनि नगरपालिकाले यस्ता कार्यक्रम ल्याउनेछ्न भन्ने अपेक्षा ब्यक्त गर्नु भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन १०, २०८२ शुक्रबार 735 Views

संरक्षणको पर्खाईमा ऐतिहासिक “ढुङ्गा”

ताजा अपडेट
धेरै पढिएको

TOP