Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
शनिबार , बैसाख १२, २०८३
सिर्जनशीलमा क्वान्टम भौतिकीमाथि विमर्श – Sarangi News

पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराको आयोजनामा क्वान्टम भौतिकी ( From Atoms to Entanglement : Unlocking the Quantum World ) विषयक विचार विमर्श शनिवार सम्पन्न भएको छ ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पस भौतिकशास्त्र विभागका विभागीय प्रमुख डा. खड्कबहादुर क्षत्रीले विचारपत्र प्रस्तुत गर्दै अहिलेको दुनिया क्वान्टम मेकानिक्सबाट परिचालित भएको बताए । प्रस्तोताले शास्त्रीय विज्ञानले अणु र तरङ्गलाई भिन्नभिन्न रूपमा हेरेको भए पनि क्वान्टम भौतिकीले एकअर्कासँग अन्तरसम्बन्धित गराएकोमा जोड दिए । गति स्थिर हुँदा तरङ्ग पनि अणु वा पदार्थ बन्ने र गतिमा हुँदा अणु पनि तरङ्ग बन्ने उनको दाबी थियो । खासमा क्वान्टम भौतिकीले सम्भाव्यताको खोजी गर्छ भन्दै प्रस्तोताले इन्द्रिय अनुभवभन्दा पर पनि सत्य लुकेको हुन सक्ने कुरा औँल्याए । क्वान्टम भौतिकी भनेकै द्वैधताको खेल भएको उनको तर्क थियो । इन्ट्याङ्गलमेन्ट भनेको दुई वा दुईभन्दा बढी व्यक्ति वा वस्तुबिचको अन्तरसम्बन्ध हो । यो अन्तरसम्बन्ध स्थापित हुनका लागि समय र भूगोल बाधक बन्न सक्दैन भन्ने उनको भनाइ थियो ।

प्रस्तोताको विचारपत्रमाथि टिप्पणी राख्दै पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापक डा. शोभाकान्त लामिछानेले सामाजिक सन्दर्भ र घटनासँग जोडेर क्वान्टम भौतिकीलाई थप स्पष्ट पारे । सन् १९०१ मा जर्मनी वैज्ञानिक म्याक्स प्लाङ्कले सर्वप्रथम ‘क्वान्टा’को प्रयोग गरेको उनको दाबी थियो । उनका अनुसार जगतमा भएका सबै कुरा इलेक्ट्रोनको खेल हो । इलेक्ट्रोनले कहिले अणु र कहिले तरङ्गको चरित्र देखाउँछ । ‘क्वान्टम’ अनिश्चितता वा सम्भाव्यताको सिद्धान्त हो । यो जगतमा असम्भव र निश्चित भन्ने केही छैन भन्दै उनले अध्यात्म र विज्ञानको खोज करिव एकै ठाउँमा आइपुगेको बताए ।

कार्यक्रममा सहभागीको तर्फबाट प्रा.डा. शालिग्राम सुवेदी, प्रा.डा. जगन्नाथ रेग्मी, डा. योगराज पौडेल, डा. ईश्वरमणि अधिकारी, डा. नवराज न्यौपाने, डा. भूमिराज बस्ताकोटी, सूर्यभक्त सिग्देल, बद्री पङ्गेनी, वसन्त पराजुली, कृष्णप्रसाद बास्तोला, रमा पौडेल र प्राञ्जल पौडेलले जिज्ञासा राखेका थिए । साथै कार्यक्रममा स्कुले बाबु एड्विन भट्टराईले कविता वाचन गरेका थिए भने कार्यसमिति सदस्य पुण्यप्रसाद भट्टराईका सुपुत्र विजय भट्टराईले बुबाआमाका नाममा पुण्यसीता सिर्जनशील पुरस्कारका लागि संस्थामा डेढ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए ।

संस्थाका अध्यक्ष सुरज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उपाध्यक्ष डा. श्रीधर न्यौपानेले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष टेकनाथ पौडेलले राखेका थिए । कार्यक्रममा प्रजातान्त्रिक विचार समाज, कास्कीको हालै सम्पन्न अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष शिशुकला पराजुलीको टिमलाई बधाई ज्ञापन गरिएको थियो । संस्थाका सदस्य एवं जिज्ञासु महानुभावहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाका सदस्य केशवशरण पराजुलीले खाजा सौजन्य गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम

समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न


TOP