
करापुटार(लमजुङ), मध्यनेपाल नगरपालिका करापुटारको ईशानेश्वर महादेव मन्दिरमा आज साउन महिनाको दोस्रो सोमबार लामो समय पछिको झरिले भक्तजनहरुलाई छेकेन छाता ओढेर भएपनि दर्शन गरे। आज २ लाख ४ हजार ७ सय ८६ रुपैया दान संकलन भएको थियो भने ८ हजार भन्दा बढि भक्तजनहरुले दर्शन गरे।
साउनको पहिलो सोमबारको भन्दा धेरै भक्तजनहरुको उपस्थिति रहेको हुनाले मन्दिरको पश्चिम पट्टिको ढोका समेत खोल्न परेको थियो। एक प्रकारले आज शिवरात्रीको सम्झना गराएको थियो भने बिशेष गरेर साउन माहिनाको सोमबारमा श्रद्दालु भक्तजनहरुको दर्शन गर्न गोर्खा तनहु कास्की चितवन र स्याङ्जा सम्मका भक्तजनहरु उपस्थिति रहेको पाईन्छ। आजको झरिमा भक्तजनहरुले न झरी न बादल न हिलो मैलो बाटो घण्टौ घण्टा झरिमा छाता ओढेर आफ्नो पालोमा शिवको दर्शन गर्न लागेका थिए ।

त्यस्तै गरेर गत सोमबारको जस्तै गरेर प्रसाद बितरण, निशुल्क चियापान बितरण गरिएको थियो । पन्चबुद्द तमु समाजले निशुल्क चियापान गराएको थियो भने मध्यनेपाल नगरपालिका वडा नम्बर ६ का समाज सेवी राजेन्द्र पौडेल “राजु”ले रु ४२ हजार बराबरको बितरण गर्नु भएको थियो। त्यस्तै गररे आगामी तेस्रो सोमबारको लागी प्रसाद बितरणको जिम्मा अर्थात खर्च बेहोर्ने यसै इशानेश्वर महादेव क्शेत्र बिकास समितिका सदस्य कृष्ण मुरारी घिमिरेले जिम्मा लिनु भएको ईशानेश्वर महादेव क्षेत्र बिकास समितिका अध्यक्ष गुणराज घिमिरेले बताउनु भएको थियो।
त्यस्तै गरेर ईशानेश्वर बालुन समुहको भजन रहेको थियो भने पन्च बुद्द तमु समाज र अन्यको साथमा चुड्का रहेको थियो जसले गर्दा भक्तजनहरु शिवका ग़ुण गाथाहरु भजन र चुडका मार्फत प्रस्तुत गरि रहेको थियो।