Trend
थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||  
आइतबार , साउन २४, २०८३
थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा – Sarangi News

पोखरा, साउन २३ गते । रूपा गाउँपालिका वडा नं. २ मा आयोजना गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले थुम्की आधारभूत स्वास्थ्य केन्द्रले आयोजना गरेको शिविरमा वडा नं. २ लगायत आसपासका क्षेत्रका नागरिकहरूले उल्लेख्य सहभागिता जनाउँदै विभिन्न स्वास्थ्य सेवा लिएका छन् ।

शिविरमा महिला रोगतर्फ ७० जना, हाडजोर्नीसम्बन्धी सेवा ११३ जना, आँखा परीक्षण ४६१ जना, फिजिसियन सेवा १४० जना, भिडियो एक्स–रे १०० जना, ECG परीक्षण ११६ जना, मिर्गौला परीक्षण ११८ जना तथा सुगर परीक्षणसम्बन्धी ११८ जनाले सेवा लिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रूपा गाउँपालिका, वडा नम्बर २ का वडाअध्यक्ष राजन सुवेदीले जनताको समस्या र आवश्यकतालाई नजिकबाट बुझेर स्वास्थ्य सेवा गाउँमै ल्याउने प्रयास गरिएको बताए । जनताको स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण विषय भएकाले आर्थिक अभावकै कारण आधारभूत तथा विशेषज्ञ स्वास्थ्य सेवाबाट कोही पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउँदै वडाअध्यक्ष सुवेदीले आगामी दिनमा पनि नागरिकको आवश्यकताअनुसार यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा चिकित्सकहरूको तर्फबाट फिजिसियन डा. सन्दिप ओझाले गाउँमै पुगेर नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा आफूहरू निकै खुसी भएको बताए । उनले स्थानीय नागरिकको उत्साहजनक सहभागिताले स्वास्थ्यसम्बन्धी सचेतना बढ्दै गएको देखिएको उल्लेख गर्दै यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा रूपा स्वास्थ्य संस्थाका प्रमुख रामचन्द्र ओझा, शिवालय माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिराम विश्वकर्मा, स्थानीय समुदायका तर्फबाट युवा नेता अमृत ओझा तथा बाल क्लबका तर्फबाट अस्मित ओझाले मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरूले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गरिएको कार्यक्रम निकै महत्त्वपूर्ण र उदाहरणीय रहेको बताउँदै आगामी दिनमा पनि यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थि ए।

समग्र कार्यक्रमको संयोजन स्वास्थ संस्थाका कर्मचारी टोपबहादुर श्रेष्ठले गरेका थिए भने कार्यक्रममा संस्थाका प्रमुख  प्रमोद ढुङ्गानाले स्वागत मन्तव्य राखेका थिए । लीला ओझाको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन थुम्की क्लबका अध्यक्ष मिलन थापाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP