मध्यनेपालमा काङ्ग्रेसको टुङ्गिएन, दुई गुरुङ बिच भिडन्त। – Sarangi News

मध्यनेपाल(लमजुङ), लमजुङको मध्यनेपाल नगरपालिकामा नेपाली काङ्ग्रेसको १५ औं केन्द्रिय महाधिवेशन अन्तरगतको तेस्रो नगरपालिका अधिवेशन सर्वसम्मतमा टुंगिन सकेन अन्तत: दुई गुरुङ बिच भिड्न्त हुने भयो।

मदन कुमार न्यौपाने, राम चन्द्र भन्डारी, चद्रमणि पौडेल, तिर्थ तिवारी, बलराम घिमिरे, पुरुषोत्तम खनाल, ओमवीर गुरुङ र कम प्रसाद गुरुङ सहित ८ जना आकाँक्षी भएकाहरुमा बुधबार बेलुकासम्म दुई गुरुङ कम प्रसाद गुरुङ र ओमवीर गुरुङको नटुङ्गिए पश्चात् भोलि असोज ८ गते बिहान निर्वाचन हुने मध्यनेपाल नगरपालिका नेपाली काङ्ग्रेस पार्टी सभापती बसन्त राज घिमिरेले बताउनु भएको छ।

जिल्लाका अन्य ६ वटा पालिकामा सर्वसम्मत हुदा राईनासमा कार्यदलले छलफल अगाडि बढाउदै गर्दा मध्यनेपालमा हुन सकेन तर पनि लोकतान्त्रिक विधि पद्धति र प्रणाली अन्तरगत पार्टिको विधि र बिधानलाई अंगाल्दै भोलि १० वटै वडाका हालै निर्वाचित वडा सभापति सहितका २६० जना क्षेत्रीय प्रतिनिधिले मताधिकार पर्योग गर्ने पार्टी सभापति घिमिरेले बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP