मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न। – Sarangi News

लमजुङ। नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता मध्यनेपाल नगरपालिका भोर्लेटारमा भव्यताका साथ सम्पन्न भएको छ। उध्योग बाणिज्य संघ भोर्लेटार ईकाईको आयोजना तथा मध्यनेपाल नगरपालिकाको व्यवस्थापनामा भएको कार्यक्रमका प्रमुख अतिथी मुनु स्‍मृतिका संयोजक मेघ नाथ पौडेलले गर्नु भएको थियो भने कार्यक्रमका अध्यक्षता उध्योग बाणिज्य संघ भोर्लेटार ईकाईका अध्यक्ष सरोज पौडेलले गर्नु भएको थियो।

प्रमुख अतिथी पौडेलले दिप प्रज्वलन एवम ईकाईका सदस्य शुशिल अधिकारीले स्वागत मन्तव्य सहित शुरु भएको उक्त कार्यक्रममा ९ वटा कास्की र लमजुङका महिला समुहहरुको सहभागिता रहेको थियो। गोला प्रथा अनुसार सहभागी भएका समुहहरुको निर्णयकको रुपमा रमेश चन्द्र घिमिरे, लोक नाथ रिमाल र ईश्वर अधिकारी रहनु भएका थिए। समसामयिक बिषयमा तयार पारीएका महिलाका बेदना सहित देशका बिभिन्न समस्याहरुलाई उधृत गर्दै गाईएका तथा नृत्य प्रस्तुत गरिएको थियो।

उक्त प्रतियोगितामा शिवशक्ती ब्राम्हण समाज रामबजार प्रथम हुन सफल भएका थिए भने दोस्रो नारायणी आमा समुह रानीपानी र तेस्रो राधा कृष्ण आमा समुह हुन सफल भएका थिए। त्यस्तै गरेर उत्कृष्ट शब्द रचनामा लमजुङ पानी समुह भएका थिए भने भेषभुषामा भगवती आमा समुह हुन सफल भएका थिए। उत्कृष्ट नृत्यमा कुसुमाकर मावीले पुरस्कार प्राप्त गर्न सफल भएका थिए। सहभागी र बिजेता समुहलाई प्रमुख अतिथिले पुरस्कार तथा प्रमाण पत्र सहित बधाई दिनु भएको थियो। साथै फल्याङकोट नेवा: खल रुपा गाउपालिका कास्कीका समुहले लाखे नाँच समेत प्रदर्शन गरेका थिए।

आजको कार्यक्रमको बिशेष आकर्षणको रुपमा लोक तथा दोहोरी गायिका सावित्री शाही ठकुरिको बिशेष प्रस्तुतीहरु रहेको थियो। जसमा गायिका ठकुरिले तिज गीतहरुले उपस्थित दिदी बहिनी एवम आमाहरुलाई छमछमी नचाउन सफल भएका थिए, साथै आफ्न अन्य गीतहरु समेत गाएर उपस्थित दर्शकहरुलाई मनोरन्जन दिन सफल भएकी थीइन। आफ्नै गाउठाउमा आएर अर्थात माइतिको आगनिमा आएर यसरी प्रस्तुती दिन पाउदा खुशी लागेको बताउदै आयोजकलाई धन्यवाद समेत दिएकी थीईन।

बिशेष अतिथी वडा नं ६ का वडा अध्यक्ष बिष्णु भक्त पौडेलले गीत गायन बाटै महिला दिदी बहैनी रा उपस्थित आमा समुहहरुलाई शुभकामना दिदै मन्तव्य राख्नु भएको थियो भने राजनिती कर्मी एवम समाज सेविहरु मोहन हरी पौडेल, प्रेम लाल श्रेष्ठ, आनन्द घिमिरे, राम चन्द्र पौडेल, लगायतका बुद्दिजिवी वर्गहरुले कार्यक्रमलाई सफलताका शुभकामना सहित आगामी बर्षहरुमा निरन्तरता र थप आकर्षणका सहित निरन्तरता पाओस भनेका थिए।

कार्यक्रमको सन्चाल्न लक्ष्मी घिमिरेले गर्नु भएको थियो भने अन्त्यमा कार्यक्रमका अध्यक्षता गर्नु भएका ईकाईका अध्यक्ष पौडेलले बेजेता टिम र समुहहरुलाई बधाई दिदै आगामी बर्षाहरुमा एवम दिनहरुमा पनि यसरी नै सहभागी हुन आग्रह गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई बिशेष धन्यवाद दिदै कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP